बहुमतले महाधिवेशन प्रतिनिधिमा निर्वाचित, केन्द्रीय सदस्य बन्नेमा ढुक्क बस्नेत
अखबार टुडे
प्रकाशित:
२०७८, ७ मंसिर

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न ललितपुर क्षेत्र नं. ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत बहुमतले विजयी भएका छन् ।

खसेको कुल ३९९ मतमध्ये बस्नेतले २७८ मत प्राप्त गरेका थिए । उनले यस अगाडी नै १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपाल विद्यार्थीको राजनीति हुँदै नेपाल तरुण दलका केन्द्रीय अध्यक्षसम्म आइपुग्दा युवा पुस्तामा अध्यक्ष बस्नेत युवा नेताको रुपमा स्थापित भइसकेका छन् । इमान्दार र निष्ठावान एवं हक्की स्वभावका कारण उनी देशभरका युवामाझ लोकप्रियता छन् । यसकारण पनि यसपटकको महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा बहुमत ल्याउनेमा उनी र उनका समर्थक ढुक्क छन् ।

प्रतिक्रिया