नेपाल खबर

एमालेको दशौं महाधिवेशन: नेम्वाङद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले)को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनेछु’ नेम्वाङले भने । आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको उनको भनाई छ ।
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा एमाले अध्यक्ष रहे पनि आकांक्षीहरु धेरै देखिएका छन् । यसकारण ओली समुहका नेताहरुलाई व्यवस्थापन गर्न नै सकस पर्ने देखिएको छ । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top