बुल्गेरियामा बस दुर्घटना, बालबालिकासहित कम्तीमा ४६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ७ मंसिर

सोफिया, ७ मंसिर । पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटना र आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारिनेमा बालबालिकासमेत रहेको बताइएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

बीबीसीका अनुसार राजधानी सोफियाको दक्षिण–पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै स्थानीय समय अनुसार दिउँसो दुई बजे घटना भएको हो । आगलागी र दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय रिपोर्टहरूका अनुसार यो कर्ब वा रेलिङमा ठोक्किएको हुन सक्छ । घटनापछि स्ट्रुमा मोटरवेमा मंगलबारको घटनास्थल वरपरको क्षेत्र अहिले सिल गरिएको छ ।

घटनास्थलमा पुगेपछि बुल्गेरियाका आन्तरिक मन्त्री बोइको रासकोभले पीडितको शव पूर्ण रूपमा जलेको बीटीभीले जनाएको छ ।

प्रतिक्रिया