अफगानिस्तानलाई दिएको इरानको मानवीय सहायता सामग्री पूर्वी प्रान्त नान्गाहारमा पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

जलालवाद, ६ मंसिर । इरानले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाएको छ । ती सामग्रीको पहिलो खेप आज पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको बताइएको छ । सो कुरा नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले सोमबार बताएका छन् ।

उनले दिएको जानकारीअनुसार यी सामग्रीहरुमा खाद्यान्न र औषधि रहेका छन् । इरान सरकारले खासगरी अफगानिस्तानका नागरिका लागि जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरु पठाएको जनाएको छ ।

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो । इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ ।

अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेपछि केही देशले अफगान नागरिकलाई सहयोग गर्ने गरेका छन् । तालिबानहरुले सत्ता विद्रोह गरेयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया