सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुल्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । सर्वोच्च अदालतको (दोस्रो संशोधन) २०७८ सम्बन्धी निमावली सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो ।

तर, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले निर्णय गर्नुपर्ने छ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ । पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादबीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको हो ।

प्रतिक्रिया