महिला टि-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्र्तगत पहिलो खेलमै नेपाल हङकङसँग छ विकेटले पराजित भएको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालले दिएको एक सय पाँच रनको लक्ष्य हङकङले चार विकेट गुमाएर १२ बलअघि नै भेटायो । हङकङका लागि मारिको हिलले नटआउट ४३ रन बनाइन् । यस्तै कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रन बनाइन् ।

बलिङतर्फ नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट लिइन् । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक÷एक विकेट लिए । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झड्का लागेको छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

नेपालको खेल तालिका र समय

मसिंर ७ (मंगलबार) – भुटानसँग, ३: १५ दिउँसो

मंसिर ९ (बिहीबार) – कुवेत, ११: १५ मध्यान्ह

मंसिर १० (शुक्रबार) – मलेसिया, ११: १५ मध्यान्ह

मंसिर १२ (आइतबार) – युएई, ११: १५ मध्यान्ह

प्रतिक्रिया