खोप लगाएका विदेशी नागरिक डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर (एजेन्सी) । अष्ट्रेलिया सरकारले भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरूलाई डिसेम्बरदेखि प्रवेश गर्न दिने भएको छ । सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बरदेखि भिसा पाएका विदेशी नागरिक आफ्नो मुलुकमा प्रवेश गर्न पाउने बताएका छन्् ।

खोप लगाएका विद्यार्थी, व्यापारिक भिसा लिएका व्यक्ति र शरणार्थीलाई डिसेम्बर १ देखि अष्ट्रेलिया प्रवेश गर्न दिने मोरिसनले जानकारी गराएका छन् । त्यस्तै, खोप लगाएका दक्षिण कोरियाली र जापानी पर्यटक समेत डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने छन् । क्यानबेरामा पत्रकारसँग बोल्दै मोरिसनले भने अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको बताए ।

कोभिड–१९ महामारी कारण अष्ट्रेलियाले गत वर्षको मे महिनादेखि अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै आएको थियो । सरकारले सीमित मानिस र स्थायी बासिन्दालाई मात्रै मुलुकमा प्रवेश गर्न सक्ने नियम लागू गरेको थियो । तर पछिल्लो समय अन्तर्राष्ट्रिय सीमामा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको छ । केही दिनअघि विदेशमा रहेका आफ्ना नागरिकलाई आउन दिने गरी प्रतिबन्ध खुकुलो पारिएको थियो ।

राज्य अनुसार क्वारेन्टिनको नियमभने फरक हुनसक्ने भएता पनि यसअघि अष्ट्रेलिया भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टानइन बस्नुपर्ने नियमलाई हटाउने भएको छ । तर अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ । त्यासका लगि अस्ट्रेलिया सरकारले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।

करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन् । अष्ट्रेलियाको अर्थतन्त्रमा विदेशी विद्यार्थीले झण्डै २५ अर्ब अमेरिकी डल (३५ अष्ट्रेलियन डलर) बराबर योगदान गर्छन् । अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय विदेशी विद्यार्थीमा निर्भर छन् । तर अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा कैयौं विश्वविद्यालय र कलेजले आफ्ना कर्मचारी कटौती गर्नु परेको थियो ।

प्रतिक्रिया