सन् २०२० : चीनमा जन्मदर किन घट्यो ?
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर । चीनमा सन् २०२० मा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो । शिशुको जन्मदर कमि हुनुमा विश्वव्यापी रूपमा देखिएको कोभिड संक्रमणलाई पनि कारक मानिएको छ । चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो । सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो ।

चीनमा जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठुलो अर्थतन्त्र भएको देश चीनमा दीर्घकालीन असर पार्ने विज्ञहरू बताउँछन् । घट्दो जन्मदर रहेपनि मृत्युदरसमेत न्यून हुँदा चीनको जनसंख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको थियो ।

सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो । सन् २०१५ मा सरकारले ‘एक सन्तान नीति’को अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो । तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरू बताउँछन् । एजेन्सी

प्रतिक्रिया