नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौं सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । नेकपा माओवादी केन्द्र पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच भक्तबहादुर पयाँगूको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

दोस्रो सम्मेलनबाट उपाध्यक्षमा साम्देन लामा (दीपक), शेरबहादुर तुम्बापो र दीपेन्द्र आङ्देम्बे चयन भएका छन् । यस्तै, सचिवमा सुमन अधिकारी, सहसचिवमा कल्पना राई र कोषाध्यक्षमा हेमराज दाहाल सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक दीपेन्द्र पोखरेलका अनुसार ३५ सदस्यीय रहेको समितिमा अन्य थप ६ जना मनोनीत गरिनेछ ।
यस्तै, सम्मेलनले पाँचथरका ८ वटै पालिका समिति समेत गठन गरेको छ । सम्मेलनले विन्देश्वर खनालको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनको विशेष अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ रहेका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हर्कबहादुर नेम्बाङ (मिक्सो)ले सपथ गराएका थिए ।

प्रतिक्रिया