गायिका प्रविशा अधिकारी वैवाहिक जीवनमा बाँधिए
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । गायिका प्रविशा अधिकारीे इन्जिनियर निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।
केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल उपस्थित छन् भने दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ ।
निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच गरिरहेकी छन् ।

प्रतिक्रिया