सुकुटे बिचमा प्रहिल र एलिजाको रोमान्स (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । गायिका रानी शाक्य र पाश्र्वगायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समावेश गीत ‘तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायाँकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छन् लामो समयपछि भिडियोमा देखिएका यी २ जनाको अस्क्रिन रोमान्स रहेको छ ।

प्रहिल कार्कीकै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी ,आभेश बज्राचार्य सिनेमाटोग्राफी, माधव बेल्बासेको सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ ।

प्रतिक्रिया