प्रदेश २ मा एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । प्रदेश २ नेकपा एकीकृत समाजवादीको तर्फबाट दुई जना मन्त्री बनेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका छन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुलाई एक समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको प्रदेशसभामा १३ सांसद छन् । यसअघि मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा एकीकृत समाजवादी सरकारमा गएको थिएन । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने सहमतिअनुसार मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।

प्रतिक्रिया