‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन’: अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

चितवन, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।’ अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।

यस्तै, अध्यक्ष नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका छन् । उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, ‘राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।’ अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।

एक फरक प्रसङ्गमा उनले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया