दाबी पुष्टी गर्न ‘साउथ चाइना सी’मा सामुन्द्रिक मिलिशिया विस्तार
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर (एजेन्सी) । नयाँ अध्ययनमा चीनले साउथ चाइना सीमा आफ्नो दाबी पुष्टी गर्न सामुद्रिक मिलिशिया खटाएको उल्लेख छ ।

अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजको नयाँ अध्ययनअनुसार चीनले विवादित पानीमा आफ्नो विशाल दाबीलाई समर्थन गर्न साउथ चाइना सीस्थित स्प्राट्ली आइल्याण्ड्समा चीनका सामुन्द्रिक मिलिसियाले झण्डै ३ सय पानीजहाजसहित गस्ती गर्ने गरेको उल्लेख छ । अध्ययनमा चीनले सैन्य मिलिशियासहितका पानी जहाज र माछा मार्ने व्यापारिक बेडा उक्त क्षेत्रमा तैनाथ गरेको छ ।

चीनमा सामुन्द्रिक मिलिसियालाई पहिलो पटक १९५० को दशकमा समुन्द्री तटको सुरक्षार्थ खटाइएको थियो । चीनले भियतनामबाट पार्सल आइल्याण्ड कब्जा गरेपछि इन्धन, निर्माण तथा मर्मतमा सरकारी अनुदान पाउँदै आएको मिलिसिलाको आकार र क्षेत्र बढिरहेको छ । सामुन्द्रिक मिलिसिया भौगोलिक एवं सामुन्द्रिक दाबीमा बेइजिङका लागि महत्वपूर्ण बन्दै आएको सीएसआईसीको अध्ययनमा भनिएको छ ।

‘मिलिसियाले २००० को दशकमा बेइजिङले आपत्ति जनाउने हरेक विदेशी सैन्य गतिविधिको निगरानी र अवरोध गर्ने कार्यमा जोड दिएको थियो’, सीएसईसीको रिपोर्टमा भनिएको छ । मिलिसियाले विदेशी डुंगामा आफ्ना पानी जहाज ठोक्याउने, उपकरणमा क्षति पु¥याउने, जलमार्गमा भग्नावशेष फाल्ने, पानीका फोहोरा हान्ने र अन्य खतरनाक गतिविधिमा संलग्न हुने गरेको अध्ययनमा उल्लेख छ ।

चीनले उक्त क्षेत्रमा धावनमार्गसहितको कृत्रिम टापू, बन्दरगाह र अन्य सैन्य संचरना निर्माण गरिसकेको छ । दक्षिणी चिनियाँ सागरको केही भू–भागमा भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाइ र ताइवानले समेत दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया