५ सय ८० वर्षपछि सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, कतिबेर रहन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर । आज नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि चन्द्ग्रहण लाग्दैछ । चन्द्र ग्रहण साँझ ४ बजेर ३२ मिनेटसम्म अर्थात ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो रहने बताइएको छ ।

यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण हुने बताइएको छ । यसअघि सन् १४४०को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको भनाइ छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ ।

यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।

प्रतिक्रिया