‘ए’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा दुई टोली भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर । नेपालकै ठूलो घरेलू प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । डिभिजन ‘बी’ को उपाधि विजेता सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । आजदेखि सुरु हुने लिगमा १४ टोलीको सहभागी हुनेछन् ।

यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लब,जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारका दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया