जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा !
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौं, २ मंसिर । बलिउड नायिका प्रिति जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनेको सोसल मिडियामार्फत् जानकारी दिएकी छिन् । प्रितिको पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।

प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।

प्रीति जिन्टाले आफ्नो पोस्टमा थपेकी छन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ’

प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए । विवाहपछि उनीहरु अमेरिकाको लस एन्जलसमा बसाइँ सरेका थिए। उनीहरुको जुम्ल्याहाबारे घोषणासँगै प्रशंसकहरु चकित र हर्षित भएका छन् ।

प्रतिक्रिया