नेपाली महिला टोलीद्वारा टी–२० शृङ्खला ‘क्लिन स्वीप’
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौं, २ मंसिर । कतारविरूद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले क्लिनस्विप गरेको छ । बिहीबार दोहाको वेस्ट इन्ड पार्क स्टेडियममा भएको अन्तिम खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो ।

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सात गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएका थिए । नेपालका लागि सीता राना मगरले नटआउट ८२ रनको योगदान गरेका थिए ।

नेपाली टोली सन् २०२३मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछन् । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

प्रतिक्रिया