इरानको राष्ट्रिय महिला फुटबल टिममा गोलकिपर पुरुष भएको भन्दै लैंगिक जाँचको माग !
प्रकाशित:
२०७८, २ मंसिर
काठमाडौं, २ मंसिर । जोर्डनले इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दैे लैंगिक जाँच गर्न माग गरेका छन् ।
जोर्डन फुटबल संघका अध्यक्ष ‘प्रिन्स अली बिन अल हुसैन’ले गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै लैंगिक जाँचको माग गरेका हुन् । उनले एसियाली फुटबल महासंघ (एएफसी) सँग ती खेलाडीको लैंगिक अवस्था पुष्टि गर्न माग गरेका छन् ।
इरान र जोर्डनको खेल गत सेप्टेम्बर २५मा उज्वेकिस्तानमा भएको थियो । उक्त खेलमा जोर्डनलाई पेनाल्टी सुटआउटमा हराउने क्रममा इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार