नेपाल खबर

आन्दोलनरत कानून व्यवसायीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द् शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
बिहीबार सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात समेत गरेको छ । प्रहरीले हातपात गर्दा एक जना कानुन व्यवसायी घाइते समेत भएका छन् । वकिलहरुले अहिले सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top