नेपालीभाषीलाई लक्षित गर्दै एकै पटक दुई रियालिटी शोको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

काठमाडौं, १ मंसिर । अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरुलाई लक्षित गर्दै एकै पटक दुई रियालिटी शोको घोषणा भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा गरिएको हो ।

इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको उक्त सो जनवरीबाट शुरु गर्ने फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीलेजानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् ।

अध्यक्ष अधिकारीले ’मेरो भ्वाइस कप २’ को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्धन गर्दैै अमेरिका तथा क्यानडामा रहेका नेपाली भाषीमा भाषा– संस्कृतिप्रति जागरुक बनाउनु पनि रियालिटी सोको उद्देश्य रहेको पनि बताए । यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया