प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

विराटनगर, १ मंसिर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राईले बुधबार विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका थिए ।

सभामुखसहित ९२ सदस्यीय प्रदेशसभामा मूख्यमन्त्री राईलाई विश्वासको मतका लागि ४६ मत आवश्यक थियो । विश्वासको मत लिनेक्रममा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल ९२ प्रदेशसभा सदस्यमध्ये ७९ जना मत विभाजन प्रक्रियामा सहभागी थिए । त्यसमध्ये विपक्षमा २९ मत परेको थियो भने तटस्थ कोही बसेनन् ।

प्रदेश १ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम ९४० बमोजिम नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया