अमेरिकामा ‘थेत्लङ’को विशेष प्रदर्शनी
अखबार टुडे
प्रकाशित:
२०७८, ३० कार्तिक

काठमाडौ ३० कात्तिक । लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’को अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको ग्याल्सुंङ्दो हलमा सोमबार विशेष प्रदर्शनी गरिएको छ ।

सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा संवाद तयार गरेका हुन् ।

ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’ यसअघि सिक्किमको सबै स्थानमा, काठमाडांै, पाँचथर, ईलाम, धरानमा प्रदर्शन भइसकेको छ ।

मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको यस चलचित्रलाई दर्शकले रुचाइएको निर्देशक किशोर सुब्बाले बताए । उनका अनुसार अब यो चलचित्र क्यालिफोर्निया, टेक्सास, ओहायुका अलावा क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, वेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया