काठमाडौं, ३० कातिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल भेटवार्ता भएकोे छ । वार्तामा राष्ट्रपति बिडेनले सी जिनपिङलाई अमेरिकाले ताइवानको हैसियतमा कुनै पनि एकपक्षीय परिवर्तनको कडा विरोध गर्ने बताए ।
बीबीसी हिन्दीका अुनसार दुई नेताबीच सिनजियाङ र हङकङका विषयमा समेत कुराकानी भएको थियो ।समाचार एजेन्सी रोयटर्सका अनुसार सी जिनपिङले राष्ट्रपति बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नुजस्तै हो र जसले आगोसँग खेल्छ उसले जल्ने चेतावनी दिएका छन् ।
बैठकपछि ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको छ । एक चीन नीति पछ्याउने देशहरूले ताइवान चीनको हिस्सा हो भनी स्वीकार गर्छन् । गत महिना, बाइडेनले भनेका थिए कि यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ ।
छलफलमा अरु के भयो ?
विश्वका दुई शक्तिशाली राष्ट्रहरूले धेरै मुद्दाहरूमा आँखा देख्दैनन्, र बाइडेनले हङकङमा र सिनजियाङको उत्तर–पश्चिम क्षेत्रमा उइगरहरुविरुद्ध मानवअधिकार उल्लङ्घनको बारेमा अमेरिकी चिन्ताहरू उठाएका थिए । अमेरिकाले आफ्नो घरेलु मामिलामा हस्तक्षेप गरेको चीनको आरोप छ ।
यस्तै, सीले पनि यस मुद्दामा कडा टिप्पणी गरेको देखिन्थ्यो, रोयटसका अनुसार उनले बाइडेनलाई अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दमन गर्न राष्ट्रिय सुरक्षाको अवधारणाको दुरुपयोग गर्न रोक्न आवश्यक रहेको बताए ।
ताइवान, व्यापार र मानवअधिकारका मुद्दाहरूमा जारी तनावका बीच दुई नेताबीचको भेटवार्ता भएको हो । राष्ट्रपति बाइडेनले सी जिनपिङलाई आफ्नो प्रतिद्वन्द्वीलाई टकरावमा जान नदिने जिम्मेवारी दुवै देशको भएको बताए । जनवरीमा अमेरिकी सत्ता हातमा लिएपछि बाइडेन र सी जिनपिङको यो वार्तालाई निकै ठोस भनिएको छ ।