न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने बारको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ३० कार्तिक

काठमाडौं, ३० कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई साथ दिने वा उनको निरन्तरताका लागि पहल गर्ने न्यायाधीहरु विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

लामो आन्दोलन र दबाबपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिने देखिएपछि न्यायाधीशहरु नै विभाजित भएका छन् । प्रधानन्यायधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरुको समूहबाट पाँच जना न्यायाधीश (तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, कुमार चुडाल र मनोज कुमार शर्मा)ले अलग्गिएको घोषणा गरेका थिए ।

उनीहरुले इजलासमा बस्ने र प्रधानन्यायाधीशलाई सपोर्ट गर्ने आकलन गरिएको थियो, तर मंगलबार ती न्यायाधीश पनि इजलासमा भने बसेका छैनन् । उनीहरुले सोमबार आन्दोलनरत न्यायाधीशहरुको छलफलमा सहभागी नहुने घोषणा गरेका थिए ।

केही सातादेखि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा रहेका न्यायाधीशहरू नै विभाजित भएपछि बारले उनीहरूप्रति पनि खबरदारी गरेका हुन् ।

मंगलबार प्रन्या जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । राणाले दश वटा इजलासमा पेसी तोकेका हुन् । उनले आफ्ना लागि कुनै पनि इजलास तोकेका छ्रैनन् । दश पेसीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रतिक्रिया