
काठमाडौं, ३० कार्तिक । इङ्ग्ल्यान्ड कतारमा हुने सन् २०२२को फिफा विश्व कप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा ह्यारी केनको चार गोलको मद्दतमा सान मारिनोलाई १०–० हराउँदै इङ्ग्ल्यान्ड विश्व कपमा छनोट भएको हो । ह्यारीले पेनाल्टीमा दुईसहित चार गोल गरेका हुन् ।
हिजोको चार गोलसहित इङ्ग्ल्यान्डका ह्यारी केनले ४८ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको तेस्रो स्थानमा पुगेका छन् । इङ्ग्ल्यान्डमा ह्यारी केनभन्दा अघि रहेका वाइनी रुनी र सर बबी चाल्टनले ५३ गोल गरेका छन् । इङ्ग्ल्यान्डले सन् १९६४ यता पहिलो पटक दोहोरो अङ्कमा गोल प्रहार गर्न पनि सफल भएको छ ।
विश्व कप छनोट अन्तर्गत अन्य खेलमा इटली र नर्दन आयरल्यान्डले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीपछि इटलीले पनि अर्को वर्ष हुने प्ले अफ खेल्नुपर्ने भएको छ । यस्तै गएराति भएका अन्य खेलमा स्कटल्यान्डले डेनमार्कलाई, स्वीट्जरल्यान्डले बुल्गेरियालाई, अष्ट्रियाले माल्दोभालाई, इजरायलले फारोस आइसल्यान्डलाई, अल्बानियाले एन्डोरालाई र हङ्गेरीले पोल्यान्डलाई हराएका छन् । डेनमार्कलाई हराएको स्कटल्यान्डले पनि प्ले अफ खेल्नुपर्ने।