रूसद्वारा १० बिलियन डलर बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर
प्रकाशित:
२०७८, २९ कार्तिक
दुबई, कार्तिक २९ (एजेन्सी) । रूसले कोभिड–१९ महामारीको बाबजुद सन् २०२१मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य–प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताएका छन् ।
‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ । नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएकोछ,’ शुगाएभले भने ।
प्रतिक्रिया
सम्बन्धित समाचार