मलिकाले छाडेपछि ‘सत्यम्’मा फेरि उपासनाको इन्ट्री
अखबार टुडे
प्रकाशित:
२०७८, २९ कार्तिक

काठमाडौं, २९ कार्तिक । महँगो बजेटमा बन्न लागेको चलचित्र ‘सत्यम्’मा नायिका फेरबदल भएको छ ।  ‘सत्यम्’मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी फेरि एकपटक ‘इन्ट्री’ भएकी छन् ।

शुरुमा यो चलचित्रमा काम गर्ने पक्का गरेको नायिका उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम गरिनन् । उपासनाले काम नगरेपछि निर्माणपक्षले नायिका मलिका महतसँग सम्झौता ग¥यो । तर मलिकाले पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै फिल्मबाट बाहिरिएपछि निर्माणपक्षले फेरि नायिका उपासना सिंह ठकुरीलाई नै चलचित्रमा काम गर्न राजी गरेका हुन् ।

अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको फिल्म सत्यममा शंकर कार्कीले निर्देशन गर्न लागेका हुन् । योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । रेशम सापकोटाको निर्माण गर्ने यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकनका लागि पोखरमा भब्य सेट समेत बनाइएको छ । फिल्मको मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुनेछ ।

प्रतिक्रिया