काठमाडौं, २९ कार्तिक । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि परीक्षा दिएर गोलाप्रथाद्वारा अन्तिमपटक छनौट भएका उम्मेद्वारहरुलाई बा श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेकोे छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https //oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण वैदेशिक रोजगार विभागको इमेल israelsec@dofe.gov.np मा मंसिर पाँच गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै विभागका अनुसार स्वास्थ्य परीक्षण प्रमाणको लागि कात्तिक ललितपुरका स्टार र नेपाल मेडिसिटी हस्पिटल र काठमाण्डौका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । स्वास्थ्य परीक्षण २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ ।