नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई महँगो रकममा खरिद गर्‍यो
अखबार टुडे
प्रकाशित:
२०७८, २८ कार्तिक

काठमाडौं, २८ कार्तिक । ओटीटी प्लेटफर्म नेटफ्लिक्सले बलिउड फिल्म ‘सूर्यवंशी’लाई महँगो रकममा खरिद गरेको छ । यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ । रोहित सेट्टीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ४ देखि नेटफ्लिक्समा प्रसारण हुनेछ । यो फिल्म नोभेम्बर ५ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया