कोरिया रोजगारीमा जानेका लागि पुस १ गतेदेखि भाषा परीक्षा हुने
अखबार टुडे
प्रकाशित:
२०७८, २८ कार्तिक

काठमाडौं, २८ कात्तिक । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि जानेहरुका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । इपिएस शाखा ग्वार्कोले सूचना जारी गर्दै आगामी १ पुसदेखि भाषा परीक्षा हुने जानकारी दिएको हो ।

शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ । गत वर्ष कोभिडका कारण भाषा परीक्षा हुन सकेन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए । उनीहरुमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।

भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर, कोरोनाका कारण उनीहरुले प्रवेश पाउन सकेका छैनन् । तर, लामो समयपछि कामदार भने लैजान सुरु गरेको छ ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । नेपालीहरु मेहनती र इमान्दार भएको भन्दै कोरिया रोजगारदाताको रोजाइमा पर्दै आएका छन् ।

प्रतिक्रिया