प्रधानन्यायाधीश जबराको समर्थन गर्दै सडकमा निस्किएका करिब ५० जना पक्राउ
प्रकाशित:
२०७८, २८ कार्तिक
काठमाडौं, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएका करिब ५० जनालाई प्रहरीले पक्राउ गरका छन् ।
नोल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा दुई समूहले सडकमा नाराबाजी गरेका थिए । यस क्रममा प्रहरीसँग केहीबेर भएको झडपमा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरु बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न सडकमा उत्रिएका थिए ।
यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् । भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार