
धनगढी, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकताको सम्भव रहेको बातएका छन् ।
शनिबार धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको ५औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले एकता सम्भव रहेको बताएका हुन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ । चन्दले भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् । गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ । शनिबार बिहान उनले कैलाली कारागारका कैदीबन्दीहरूसँग समेत भेटघाट गर्दै त्यहाँको अवस्थाका विषयमा जानकारी लिएका थिए ।
