‘बाइडेन र सि’बीच वार्ता हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २७ कार्तिक

बेइजिङ, २७ कात्तिक (एजेन्सी) । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ ।
दुई देशका राष्ट्रतिबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नेे भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएको छ ।
पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया