इटहरीका मेयर चौधरीले अध्यक्ष नेपाल र मुख्यमन्त्री राईलाई किन घरमै बोलाए ?
अखबार टुडे
प्रकाशित:
२०७८, २६ कार्तिक

काठमाडौं, २६ कात्तिक । नेकपा एमालेबाट निर्वाचित इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग नजिकिएका छन् । मेयरचौधरीले शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् ।

एकदिन अगाडि मात्र एकीकृत समाजवादीका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएका कुराकानी गरेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तर, पछिल्लो केही दिनयता मेयर एकीकृत समाजवादीसँग नजिकिएको चर्चा चल्दै आएको छ ।

नेकपा एकीकृत समाजवादीका इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएको छ । एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले प्रवेशका बारेमा औपचारिक निर्णय भने जनाएका छन् ।

प्रतिक्रिया