कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप
अखबार टुडे
प्रकाशित:
२०७८, २६ कार्तिक

काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै एक साताभन्दा लामो समयदेखि कानुन व्यवसायीले आन्दोलन गर्दै आएका छन् । यसैक्रममा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । तर, कडा सुरक्षाबीच पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । सोक्रममा झडप समेत भएको छ भने केही पक्राउ परेका छन् ।
उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।

कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । उनीहरुले ‘प्रधानन्यायाधीश राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।

प्रतिक्रिया