टी-२० विश्व: फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २६ कार्तिक

काठमाडौं, २६ कार्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने भएका छन् । सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेका छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रिजवानले ६७ र जमानले ५५ रन बनाए । यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १÷१ विकेट लिए । अब अस्ट्रेलियाले फाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्ड यस अघिनै इङग्ल्यान्डलाई हराउदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया