लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर
अखबार टुडे
प्रकाशित:
२०७८, २५ कार्तिक

इस्लामाबाद, २५ कार्तिक (एजेन्सी) । अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ ।
पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ । गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ ।
यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।

प्रतिक्रिया