राष्ट्रपतिसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ
अखबार टुडे
प्रकाशित:
२०७८, २५ कार्तिक

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा बिहबिार अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं १ का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् । त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित थिए ।

प्रतिक्रिया