प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथीको सम्मान
अखबार टुडे
प्रकाशित:
२०७८, २४ कार्तिक

काठमाडौं, २४ कार्तिक । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकोे छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज (बुधबार) आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली गएका थिए । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया