भिटेनको ‘गल्ली सडक’ बोलको नयाँ गीत युट्युव ट्रेन्डिङ वानमा (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २१ कार्तिक

काठमाडौं, २१ कार्तिक । गायक समिर तामाङ ‘भिटेन’को गल्ली सडक बोलको नयाँ गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ ।
एकसाता अघि अपलोड गरिएका उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ । उनको यो गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ भने आफू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन् ।
उनको गीतमा प्रयोग भएका भाषाका कारण उनलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको थियो । तर उनी सच्चिने भन्दै प्रहरीसामु प्रतिबद्धता जनाउँदै आएकाले छुट्दै आएका थिए ।

प्रतिक्रिया