काठमाडौं, २१ कार्तिक । इराकी प्रधानमन्त्री मुस्तफा अल–खादिमी निवासमा आइतबार बिहानै आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणपछि खादिमीले त्यहाँबाट भागेको बताएका छन् ।
राजधानी बग्दादस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको अधिकारीहरूले बताएका छन् । उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ । घटनामा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन् ।
सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल–खादिमीलाई अस्पताल लगिएको थियो । तर उनले आफू घाइते नभएको बताएका छन् ।
यसैबीच, सामाजिक सञ्जालमा ट्विटरमा उनले ‘इराकको हितका लागि सबैलाई शान्त र संयमित’ हुन आह्वान गरेका छन् । कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो । अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन ।