कोभिडविरुद्ध फाइजरको खाने औषधि ८९ प्रतिशत प्रभावकारी
प्रकाशित:
२०७८, २० कार्तिक

काठमाडौं, २० कार्तिक । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको बीबीसीले जनाएको छ ।
अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ । चक्की पाँच दिनसम्म दिनहुँ तीनवटा सेवन गर्नुपर्ने हुन्छ ।

फाइजरले उक्त चक्कीको आपत्कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ । बिरामीका लागि सहजताका लागि उत्पादन गरिएको फाइजर चक्की अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउन ल्याइएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?