राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ गीत सार्वजनिक (भिडिओसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १८ कार्तिक

काठमाडौं, १८ कार्तिक । महानायक राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ गीत सार्वजनिक भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक भएको हो ।
यस गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ भने एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले हमाललाई साथ दिएका छन् । हमालको उमेरजन्य यस गीतले दर्शक र श्रोताको साथ पाउने विश्वास उनको छ ।
उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडिओमा हमाल स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन् ।

प्रतिक्रिया