सामलिङको आईपीओ बाँडफाँट, ६७ हजार ८९० जनाले पाए शेयर
अखबार टुडे
प्रकाशित:
२०७८, १६ कार्तिक

काठमाडौं, १६ कात्तिक । सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा मंगलबार आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया