टी-२० विश्वकप: भारतको भविष्य अब अफगानिस्तानको हातमा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ कार्तिक

काठमाडौं, १५ कार्तिक । दुबईमा चलिरहेको टि–२० विश्वकपमा लगातार दोस्रो हार बेहोरेपछि भारतीय क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना बढेको छ ।

आइतवार न्यूजील्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेट जगत्का प्रख्यात खेलाडीहरूले भरिएको भारतीय टोलीलाई आठ विकेटले हराएर प्रतियोगिताबाटै बाहिरिने बाटोमा पु¥याइदिएको हो । गत साता प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

लगातार दोस्रो खेलमा पनि पराजित भएपछि भारत सेमीफाइनलमा पुग्ने सम्भावना अफगानिस्तानमा हातमा निर्भर हुन्छ । त्यो बाटो त्यति सहज भने देखिँदैन । पछिल्लो समीकरणअनुसार अफगानिस्तानले न्यूजील्यान्डलाई हराए मात्रै भारत सेमीफाइनल पुग्न सम्भव छ । तर त्यति मात्रैले पनि पुग्दैन ।

भारतले अफगानिस्तान, नामिबिया र स्कटल्यान्ड तीनवटै देशसँगको आगामी प्रतिस्पर्धा जित्नुपर्ने हुन्छ । भारतले अब अर्को खेल नोभेम्बर ३ मा आबुधाबीमा अफगानिस्तानसँग खेल्नेछ । अफगानिस्तान र न्यूजील्यान्डको खेल नोभेम्बर ७ मा छ ।

आइतवारको खेलमा न्यूजील्यान्डले भारतलाई निकै सहज रूपमा हराएको थियो । भारतले दिएको १११ रनको लक्ष्य न्यूजील्यान्डले १५ ओभरमा दुई विकेट गुमाउँदै प्राप्त ग¥यो । – बीबीसीबाट

प्रतिक्रिया