प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ कार्तिक

विराटनगर, १५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका छन् ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले अंकगणित मेल नखाएको र १६८ (१)को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको बताए ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको बताए ।

योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रतिक्रिया