प्रदेश-१ मा एमालेले सरकार गुमाउने निश्चित
प्रकाशित:
२०७८, १५ कार्तिक

विराटनगर, १५ कार्तिक । प्रदेश–१का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज(सोमबार) विश्वासको मत लिँदै छन् ।
आचार्यले गत ५ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ । आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश–१ मा सरकार गुमाउने निश्चित छ ।
विपक्षी ५ दलले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश–१ मा कुल ९२ सांसद छन् । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त