एएफसी एसियन कप: यू-२३ नेपाली टोली १४ गोल खाँदै यात्रा टुङ्गयो
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं, १४ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले खेलको २६औँ, ४७औँ, ७४औँ र ८२औँ मिनेटमा गोल खाएका थिए । यो सँगै प्रतियोगितामा नेपाल जितविहीन रह्यो । समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । समग्रमा नेपालले तिन खेलमा १४ गोल खाँदै आफनो यात्रा टुङग्याएको छ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।

प्रतिक्रिया