प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीको आन्दोलन शुरु
अखबार टुडे
प्रकाशित:
२०७८, १४ कार्तिक

काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग राख्दै नेपाल बार एसोसिएशनले आजदेखि आन्दोलन सुरु गरेका छन् ।

आइतबार पहिलो दिन कानुन व्यवसायीले बिहान १० बजेदेखि ११ बजेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरका छन् । बारको नेतृत्वमा उनीहरुले सर्वोच्च अदालतमा विरोध गरेका हुन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राखेको छ ।

बारले गत शुक्रवार आन्दोलनका कार्यक्रम घोषणा गरी प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ । आउँदो बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

प्रतिक्रिया